अन्तरंगको ६ दिने ‘करिअर काउन्सिलिङ’ तालिम सुरु

काठमाडौँ, पुस ११ । स्कुल, कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अध्ययनपछि आफ्नो करिअर के हुने हो र भविष्यमा कसरी अगाडी बढ्ने भन्ने चिन्ता सदैव रहिरन्छ । यही चिन्तालाई कम गर्ने उद्धेउश्यले ‘अन्तरंग नेपाल’ले विद्यालयमा अध्यापन गर्ने शिकहरुका लगी करिअर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनका विभिन्न विद्यालयका १६ जना शिक्षकलाई आजदेखि ६ दिने तालिम सुरु गरिएको अन्तरंग नेपालकी म्यानेजिङ डाईरेक्टर सुनिता श्रेष्ठले जानकारी दिइन् । संस्थाले शिक्षकहरुलाई तालिममा सहभागी गराएपछि शिक्षकका माध्यमबाट विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सहज हुने श्रेष्ठले बताइन् ।

खास गरी विद्यार्थीको क्षमता बुभेर भविष्यमा के गर्ने भन्ने कुराको निक्र्यौल निकाल्न सकिने अन्तरंगको विश्वास छ । ‘व्यक्तिको अन्तरंग क्षमता बुझेर करिअर चुज गर्नुपर्छ’ श्रेष्ठले भनिन्–‘अभिभावकले विद्यार्थीलाई अर्कै करिअर दिन खोजिरहेका हुन्छन्, तर विद्यार्थीको रुचि र क्षमता फरक हुन्छ, त्यसले भविष्यमा कसरी अगाडी बढ्ने भन्ने समस्या पैदा गर्छ ।’

आन्तरिक क्षमता विना अध्ययन गरेर सर्टिफिकेट हातमा लिएपनि बेरोजगार रहनुपर्ने वा एउटा क्षेत्रमा काम गर्न सुरु गरे पनि आफ्नो क्षमता र रुचि नमिले कामै छोडेर बाटो बदल्नुपर्ने धेरैको बाध्यता रहेको अनुभव उनले सुनाईन् । यस्तो अलमलले विद्यार्थीको करिअरलाई गम्भीर असर पार्ने श्रेष्ठको भनाई छ ।

सन् २००४ सालमा स्थापना भएको अन्तरंग नेपालले विद्यार्थीको आन्तरिक क्षमता अभिवृद्धि गर्न, विद्यार्थीमा सकारात्मक सोचको विकास गर्न तथा निराशा र पलायन हुनबाट जोगाउन निरन्तर काउन्सिलिङ गर्ने गरेको संस्थाकी प्रोग्राम डाईरेक्टर सुस्मा रेग्मीले बताइन् ।

अन्तरंगले खास गरी कक्षा ९ र १० का विद्यार्थीहरूलाई विद्यालयको अध्ययनपछि के विषय छनौट गर्ने र कसरी अगाडी बढ्ने भनेर काउन्सिलिङ गर्ने गरेको र अभिभावकहरुलाई समेत बालबालिकाको क्षमता बुझ्न मद्दत गर्ने गरेको रेग्मीको भनाई छ ।

आजबाट ६ दिनसम्म चल्ने सो करिअर काउन्सिलिङ कार्यक्रममा काठमाडौँका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, ललितपुरका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज कँडेल, तथा भक्तपुर जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुकदेव नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने सिटिइभिटीका कुसुमाकर भट्ट, ENSSURE का कञ्चन तामाङ लामा, केशव भण्डारी र रमेश कुमालको समेत आतिथ्यता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *