भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा कांग्रेस विजयी

भोजपुर, १६ असार । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली कांग्रेस विजयी भएको छ । भने, भोजपुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्र र भोजपुर नगरपालिका– २ मा नेकपा एमाले विजयी भएका छन् । भोजपुर नपा– ३ को वडाध्यक्षमा कांग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नगरपालिका– ४ को वडाध्यक्षमा कांग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी हुनुभयो । उक्त वडामा कांग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नगरपालिका– ८ को वडाध्यक्षमा कांग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गर्नुभयो । सो वडामा कांग्रेसको पुरै समूह विजयी भएको हो । यसैगरी भोजपुर ७ को वडाध्यक्षमा कांग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गर्नुभयो ।

भोजपुर नगरपालिका– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी हुनुभयो । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो । भोजपुर २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी हुनुभयो । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *