क्रिसमस उत्साहकाे पर्व, खुसीकाे पर्व
“ल हामी सबैलाई क्रिसमसको शुभकामना छ, मेरी क्रिसमस् है । संसारभरि आज भब्यतापूर्णरुपमा इसाई समुदायका मान्छेहरुलगायत प्रत्यक्ष परोक्षरुपमा धेरैजनाहरुले क्रिसमस मनाँउदछन् , संभवतः संसारभरि धेरै देशहरूमा एकैदिन आजको दिनमा मात्रै सार्वजनिक बिदा हुनेगर्दछ । आज फुर्सदिलो संसारले उत्साहमुलक रूपमा क्रिसमस मनाउँदैछ । विदेश तिर पनि धेरैजसो ठाउँमा जाडोको प्रकोप धेरै वढीसक्यो होला, हिँउद, हिँउ अनि सिरेटोविचको यो पर्व क्रिसमसका धेरै पाटाहरु हिँउसँग जोडिएका छन्, एउटा सानो क्रिसमस गीतको सरल नेपाली अनुवादवाट सुरु गरौँ है !
बाहिरको चिसो भयावह छ तर बालेको आगो न्यानो छ
आज जानपर्ने कुनै ठाउँ छैन, पारिदेउ हिँउ पारिदेउ
अँगेना छेउ बस्या छु, हिँउ नरोकिएपनि ठिकै छ
भुट्नलाई मकै ल्याएको छु
सेन्टा क्लसले इच्छा पूरा गरिदिनेछन्
सबैलाई मेरी क्रिसमस्
इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् चाहे त्यो भगवान् कृष्णको जन्मदिन होस् या बुद्धको या गुरु नानक हुन् या पैगम्बर मोहम्मद, आज भने इसाईधर्मका प्रवर्तक जिसस अर्थात् येशुको जन्मदिन हो ।
अर्कोतर्फ विभिन्न प्राचीन यूरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिँउदको यो मध्य समयमा आगो र प्रकाशको चाडकारुपमा मनाइने कुरा उल्लेख गर्दे पछि यसै दिनलाई क्रिसमसकारुपमा मनाउन थालिएको तथ्य प्रस्तुत गर्दछन् । ईस्बी संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । ईस्बी संवतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा वाँडिएको छ, यसअर्थमा क्राईसको धर्तीमा पर्दारपणभएको आज २०१६ वर्षभएको मान्न सकिन्छ ।
आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जाघरहरुमा गएर क्रिसमस मनाइन्छ, नजिकै जगंल हुने समुदायमा घरका पुरुषहरू जगंल गएर ठुला रुखका मुडाहरु काटेर ल्याउने र आँगनमा बालेर यस पर्व मनाउन सुरु गर्ने परम्परा पनि छ ।
अग्रेजी पढदा हामी नेपालीहरू सबैले ए फर एप्पल बी फर बल गरी पढेका हौ, यसैक्रममा एक्स फर एक्समस ट्री पनि पढेका छौ । चित्रमा सिँगारिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात् क्रिसमस ट्री आजका दिनमा धेरै सिँगारिन्छन्, संयुक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरु आज खरिद गरिन्छ, स्मरण रहोस् यस्ता रुखहरु तैयार हुनलाई कम्तीमा पनि १५ वर्ष लाग्दछ ।
चाडवाडमा परम्परागत रूपमा जनावरहरु मारेर खाने चलन मानव समुदायमा सर्वत्र छ, आज धेरै जनावर र चरा कुखुराहरू खानका लागी काटिन्छन्, हिँउदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर सख्याँ घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लिखित पाइन्छ ।
अर्कोतर्फ क्रिसमसको ठुलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुगांभएका यी साधुले सबैलाई उपहार दिने र खुसी वाँड्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा आज धेरै केटाकेटीहरु रातीअबेर सम्म सुत्दैनन्, कोही कोही ब्यक्तिहरुभने सान्टा क्लसको भेषमा उपहार र कोसेली वाँडदै, साट्दै हिँडदछन्, अर्कोतर्फ आजको रात हिँउको मान्छे अनि चरा बनाँउने, हिँउमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ है ।
चाडपर्व एउटा उत्साह हो जस्लाई धर्म भन्दा पनि संस्कार, संस्कृती अनि नितान्त खुसीको अभिब्यक्तिकारुपमा लिन जरुरी छ, नेपालमा पनि धेरै इसाई धर्मावलम्वीहरु छन्, वहाँहरु लगायत सबैकोलागी यो महान् क्रिसमस रमाइलो होस् । हाम्रो पात्रो
“