राष्ट्रपतिबाट क्रिसमसको शुभकामना

पुस १०, काठमाडौं । इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास छ ।

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ(आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *