फिलिपिन्सको सपिङमा मलमा भीषण आगलागी, ३७ को मृत्यु

मनिला। फिलिपिन्सको एक सपिङ मलमा लागेको भीषण आगलागीको कारण कम्तीमा ३७ जनाको ज्यान गएको छ । फिलिपिन्स सरकारले दिएको जानकारीअनुसार आगलागीमा परी मृत्यु हुनेमा धेरैजसो कल सेन्टरमा काम गर्ने मानिसहरु रहेका छन् ।

फिलिपिन्सको डाभाओ सहरमा यो आगलागी भएको हो । सहरका उपमेयर पाओलो ड्युट्रेटले आगलागीपछि जति प्रयास गर्दा पनि उनीहरुलाई बचाउन नसकिएको जानकारी दिएका छन् । उनी राष्ट्रपति रोड्रिगो ड्युट्रेटका जेठा छोरा हुन् ।

शनिबार तेस्रो तलामा रहेको फर्निचरमा लागेको आगो तत्कालै दोस्रो तलामा पनि सरेको थियो । अहिलेसम्म आगलागीको कारण पत्ता लाग्न सकेको छैन तर यस विषयमा आवश्यक अनुसन्धानको काम सुरु भइसकेको सहरका प्रवक्ताले जानकारी दिएकी छन् ।

राष्ट्रपति ड्युट्रेट र सहरकी मेयरले यो आगलागीबाट मृत्यु भएका तथा हराइरहेका मानिसहरुको परिवारलाई भेटेका छन् । आगलागीमा परी घाइते छ जना मनिसहरुको उद्धार गरिएको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *