गढवा गाउँपालिका –१ मा एमाले विजयी

२०७४ जेठ १५ गते

“
तुलसीपुर, १६ असार । गढवा गाउँपालिकाको वडा नं १ मा एमालेका समूह विजयी भएका छन् । वडाध्यक्ष पदमा एमालेका बाबुराम अधिकारी ५७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुवासचन्द्र योगीले ५१९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी एमालेबाटै महिला सदस्यमा हेमन्तीकुमारी कुमाल ६३२ मत, दलित सदस्य रेखा परियार ६१२ मत तथा खुल्ला सदस्यमा देवीलाल थारु ५६० र डम्बर योगी ५६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित