प्रदेशसभाका लागि दलहरुले समानुपातिक तर्फबाट सांसदहरुको नाम छान्दै

काठमाडौं, पुस ९ । प्रदेश सभाका लागि समानुपातिक निर्वाचित प्रणाली मार्फत् सांसद बन्नेहरुको नामावली तयार पार्न दलहरु आन्तिरिक गृहकार्यमा जुटेका छन् ।

आयोगले दलहरूलाई हिजो पत्राचार गरेर ७ दिन भित्र नामावली पेस गर्न निर्देशन दिएकाले दलहरु आ आफ्नो पार्टीको तर्फबाट सांसद बन्नेहरुको नामावली तयार पार्न लागेका हुन् ।

निर्वाचन आयोगमा निर्वाचन अघि नै बुझाएको उम्मेदबारहरुको सूचीलाई आधार बनाएर नामावली छनौट गर्नुपर्ने व्यवस्था रहेको छ । समानुपातिक तर्फका उम्मेदबारहरुको बन्दसूचीमा उल्लेख भएअनुसारको क्रमसंख्या कै आधारमा छान्नु पर्ने भनिएपनि त्यसमा केही तलमाथी हुन सक्ने नेताहरुले बताएका छन् ।

यथासक्य बन्दसूचीको क्रमसंंख्या अनुसार गर्नु पर्ने भन्ने कानुनी व्यवस्था रहेकाले क्रमसंख्या अनुसार नगर्दा पनि हुनेभएपछि नामावली तलमाथी पार्न चलखेल भईरहेको बताइएको छ । प्रदेशसभाका लागि पार्टीले पाएको सिट संख्या अनुसार समावेशीताका आधारमा उम्मेदवारहरूको नाम पेस गरेपछि आयोगले कानुन अनुसार भए नभएको जाँच गर्नेछ ।

कानुनले निर्धारण गरेको क्लस्टरअनुसार सिटको बाँडफाँट मिलेन भने आयोगको प्राविधिक र कानुनको टिमले हेरेर फेरि सच्याउन समय दिनेछ । कानुनअनुसार सच्याउने अवधि ३ दिनको हुनेछ ।

संविधान र कानुनअनुसार सबै नामावली मिलेपछि आयोगले प्रदेशसभाको समानुपातिकतर्फ विजयी उम्मेदवारको नाम घोषणा गर्ने कार्यतालिका रहेको छ ।
आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक सिटको बाँडफाँड गर्न भने अझै एक हप्ता लाग्न सक्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *