बिराटनगर ईपीएलको प्लेअफ चरणमा

पुस ८, काठमाडौं । बिराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलको प्लेअफ चरणमा पुगेको छ ।
शनिबार भएको खेलमा भैरहवा ग्ल्याडिएटर्सलाई ३५ रनले हराएको बिराटनगरले लिग चरणका सुरुवाती चार खेलबाट ८ अंक जोडेर लिग चरणको एक खेलअघि नै प्लेअफमा पुगेको हो ।

शनिबार भएको खेलमा अंशुमन रथको ५७ र बाबर हायतको ३६ रनको सहयोगमा १४९ रन बनाएको थियो । जवाफमा भैरहवा १८.३ ओभरमा ११४ रनमै समेटिएपछि विराटनगरको ३५ रनको जित सम्भव भयो । भैरहवालाई सस्तैमा समेट्न अभिनाश कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए । आजै भएको दोस्रो खेलमा चितवन टाइगर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरायो । उसले ललितपुर प्याट्रियट्सबिरुद्ध ५ विकेटको जित हासिल गरेको हो ।

ललितपुरले दिएको १३१ रनको लक्ष्य चितवनले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । सुरुमै चार विकेट गुमाएर धर्मराएको चितवनको इनिङ कप्तान ऐरी र प्रविन गुप्ताले संहालेका थिए । ऐरीले ५० बलमा ७ चौकासहित ५५ रन बनाए भने गुप्ताले अविजित ५६ रनको शानदार पारी खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३० रनको सामान्य योगफल बनाएको थियो ।

ललितपुरका जयकिसन कोस्लावालाले सर्बाधिक ३१ रन बनाए । बलिङतर्फ चितवनका योगेन्द्रसिंह कार्कीले सर्बाधिक ४ विकेट लिए । जितका बाबजुद चितवन प्रतियोगिताको अन्तिम स्थानमा छ भने ललितपुर पनि चौथो स्थानमा यथावत छ । दुवैको समान ४ खेलबाट २ अंक छ । समान २ अंक जोडेको काठमाडौं किङस इलाभेन रनरेटका आधारमा पाचौं स्थानमा छ । ३ खेलबाट ४–४ अंक जोडेका पोखरा राहिनोज र भैरहवा ग्ल्याडिएटर्स क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । प्रतियोगिताको शीर्ष चार स्थानमा रहेका टोलीहरु प्लेअफमा प्रबेश गर्नेछन् ।

लिगको शीर्ष र दोस्रो स्थानका टोलीबीचको खेलको बिजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले तेस्रो र चौथो हुने टोलीबीचको बिजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *