राष्ट्रपति र काँग्रेस भेटवार्ता

२०७४ जेठ १५ गते

“
पुस ७, काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन सत्तारुढ काँग्रेसलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शुक्रबार अपरान्ह काँग्रेस नेतृत्वसँग सितल निवासमा सामूहिक भेट गरी राष्ट्रिय सभा निर्वाचन सम्बन्धि अध्यादेशमा देखिएको विवाद समाधान गरिदिन आग्रह गर्नु भएको हो ।
त्यस अवसरमा उहाँले दलहरु आ–आफ्नै अडान रहँदा सो अध्यादेश स्विकृत गर्न सक्ने अवस्था नरहेको पनि स्पष्ट पार्नु भएको थियो । काँग्रेसले सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले स्विकृत गर्नुको विकल्प नरहेको दावी गर्दै आएको छ ।
यता, बाम गठबन्धनले भने संविधान विपरित सरकारले पठाएको अध्यादेश स्विकृत गर्न राष्ट्रपतिले नमिल्ने तर्क गर्दै आएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित