न्यायाधीश नियुक्ति विवादको सुनुवाई पुस २० मा

पुस ६, काठमाडौं । गत वर्ष उच्च अदालतहरुमा नियुक्त भएका ८० जना न्यायाधीशको नियुक्ति विवादसम्बन्धी मुद्दाको सुनुवाइ पुस २० गतेका लागि सारिएको छ ।

सो मुद्दा न्यायाधीशत्रय ओमप्रकाश मिश्र, वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासको पहिलो नम्बरमा राखिएको थियो । यसअघि मंसिर २८ गते सो मुद्दा हेर्न नभ्याउने भन्दै सारिएको थियो ।

दलगत भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरेको भन्दै नायब महान्यायाधीवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ताहरु डिलहरी शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा बसेको न्याय परिषदको बैठकले न्यायाधीश सिफारिस गरेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *