तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु

पुस ६, पोखरा । पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा सभागृहमा आजदेखि तेस्रो अन्तर्रा्ष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु गरिएको छ ।

तीन दिनसम्म चल्ने सो महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्म प्रदर्शन गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

महोत्सवमा सहभागिता जनाउन सयभन्दा बढी देशका ९०० चलचित्रको आवेदन परे पनि ४३ वटा मात्र प्रदर्शनीका लागि छनोट गरिएको बताइएको छ ।

महोत्सवमा वृत्तचित्र, लघु चलचित्र, कलानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन चलचित्र समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *