बढ्दो उमेरसंगै मेकअप गर्ने तरिका पनि यसरी बदल्नुहोस्


“
काठमाडौं, पुस ६ । बढ्दो उमेरसँगै छालामा रिंकल्स, धब्बा, दाग, आँखाको वरिपरि कालो घेरालगायतका समस्या देखिन थाल्छन् । त्यसैले यो उमेरमा छालाको सुरक्षा गर्न निकै आवश्यक छ । ३० वर्षपछि पनि छालाको चमकलाई यथावत् राखिराख्नका लागि केही टिप्स :
३० वर्षपछि सबैभन्दा पहिला आँखाको वरिपरि समस्या देखिन्छ, जसले गर्दा बिस्तारै तपाईंलाई बूढो देखाउन थाल्छ । यस्तो समस्याबाट मुक्त हुनका लागि तपाईंले आइसक्रिमको प्रयोग गर्न सुरु गर्दा हुन्छ । यसको प्रयोगले आँखाको आसपासमा हाइड्रेट रहिरहन्छ, जसले आँखाको थकानलाई समेत कम गराउँछ ।
यस्तो उमेरमा तपाईंले चिसो र घामबाट छालालाई जोगाउन आवश्यक हुन्छ । छालालाई घामबाट बचाउनका लागि एसएफपी थर्टी क्रिम लगाएर मात्र बाहिर निस्कनुपर्छ ।
छालाको मोस्चराइज नगर्दा रिंकल्स देखिनुका साथै छाला रुखो बन्न थाल्छ । मोस्चराइजरले छालालाई कलिलो र पोषित बनाउँछ । त्यसैले ३० वर्षपछि भिटामिन सी र बायो आयल्सले मोस्चराइज प्रयोग गर्दा छालालाई फाइदा पुर्याउँछ ।
विशेषगरी ३० वर्षपछि नाइटकेयर रुटिङ फलो गर्न जरुरी हुन्छ । हरेक रात मेकअपलाई राम्रोसँग पखाल्नुपर्छ र छालालाई हप्तामा दुईपटक एक्सफोलिएट गर्न पनि सक्नुहुन्छ । नाइटक्रिम पनि नियमित प्रयोग गर्दा राम्रो ।
हरेक उमेरसमूहका लागि खाना महत्वपूर्ण हुन्छ । विशेषगरी ३० वर्षपछि डाइटको विशेष ख्याल गर्न आवश्यक छ । जाडोमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याट एसिड खाने बानी गर्नुपर्छ । यसले छालालाई सफ्ट बनाउनुका साथै फुस्रो हुनबाट पनि बचाउँछ । पनिर, माछा, एबोकाडो, सोयाबिनलगायतका खाद्यपदार्थबाट यस्तो एसिड पाइन्छ ।
“
