नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस ६ । निर्वाचनबाट पहिलो दलबनेको नेकपाएमालेको आज स्थायी समिति बैठक बस्दै छ । बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकतागर्ने बारे छलफल हुनेछ ।
एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकता सँगै सरकारको नेतृत्व र पद तथाजिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ । बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउन लागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।
अध्यादेशको विषय राजनितिक विषय भएकाले छलफल बाटै एमालेले समाधान खोजेको नेम्वाङले बताउनुभयो । उहाँले सरकारले छलफलका लागि चासो नदिनु दुखद् भएको बताउनुभयो । सरकारले छलफल नगरे प्रमूखदलको हैसियतमाएमाले नै छलफलका लागि अग्रसर हुने पूर्व सभामुख नेम्वाङको भनाई छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित