‘म समानुपातिकमा पर्छु त ?’

२०७४ जेठ १५ गते

“काठमाडौं, पुस ६ । विभिन्न दलका समानुपातिकतफका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगमा समानुपातिक एकाईमा पुगे । उनीहरु आफु सांसद बन्न पाईन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए ।
एकाईका कर्मचारीसंग उनीहरुले एकएक गरी सोधे, समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाईन्छ कि पाइँदैन ? समानुपातिकतर्फको मतगणना सकिए पनि दलहरुले पाउने सिटसंख्या आयोगले सार्वजनिक गर्न सकेको छैन ।
एकाईका कर्मचारीका अनुसार यसरी सोध्नेमध्ये धेरैजसो पुरुष थिए । आयोगका एक कर्मचारीले भने, समानुपातिक सांसदमा हामी पर्छौ कि पर्दैनौँ ? आफन्त पर्छन् कि पर्दैन, भनेर सोध्न आउँछन् । सोमबारमात्रै ९ जना आए ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित