कांग्रेस-माओवादी गठबन्धनलाई एमालेको चुनौती

असार १५, काठमाडौं । अर्घाखाँचीमा मत गणना जारी छ । अहिलेसम्मको मतपरिणाम अनुसार भुमिकाथान नगरपालिकामा कांग्रेस-माओवादी गठन र एमालेबीच प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस-माओवादीका मेयर उम्मेदवारको ३७६ र उपमेयरको २९५ मत छ । यस्तै एमालेको मेयर उम्मेदवारको ३७६ र उपमेयरको ३९२ मत छ ।

छत्रदेव गाउँपालिकामा कांग्रेसको अध्यक्ष र उपाध्यक्षमा क्रमशः ३८७ र ४१४ छ भने एमालेको ३४७ र ३१५ मत छ । यहाँ माओवादी केन्द्रको ८२ र १०२ मत छ । भुमिकाथान नगरपालिकामा माओवादी-कांग्रेसका मेयर र उपमेयरमा क्रमशः १२५ र १३२ छ भने एमालेको १२२ र ११९ छ । यहाँ जनमोर्चाको मेयरमा १२७ र उपमेयरमा ८९ मत छ ।

सन्धिखर्क नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनको मेयरमा क्रमशः ४३ र ४२ छ भने एमालेको ४६ र ३९ छ ।मालारानी गाउँपालिकामा माओवादी-कांग्रेसको अध्यक्ष र उपाध्यक्षमा क्रमश : १२२ र ११४ छ भने एमालेको १४६ र १४८ छ । पाणिनि गाउँपालिकाको पनि मत गणना सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *