प्रदेश १ को राजधानी धरान लाई बनाउन माग गर्दै आज जनप्रदर्शन गरिने

धरान , पुस ५ । प्रदेश १ को राजधानी धरान लाई कायम गराउन आज बुधवार धरान प्रदेश १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले जनप्रदर्शन गर्ने भएको छ ।

मंगलवार समितिव्दारा उद्योग बाणिज्य संघको सभा हलमा धरानमा आयोजित स्थानिय संघ संस्थाहरुको वृहत भेलाले उक्त निर्णय गरेको हो । भेला पछि समितिका संयोजक आइन्द्र बिक्रम बेघा र सचिव श्याम पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ, हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेपाली जनताले आफ्ना प्रतिनिधिहरु छनौट गरी सकेको अवस्थामा अव नयाँ संविधान कार्यन्वयन सँगै मुलक संघिय राज्यमाप्रवेश गरेको छ ।

नेपाल सरकार हाल देशको ७ वटै प्रदेशको राजधानी तोक्ने प्रकृयामा अगाडि बढि रहेको सन्दर्भमा विभिन्न स्थानमा प्रदेशको राजधानीको मागगर्दै विभिन्न खाले अन्दोलनहरु भई रहेका छन् । धराने जनताले पनिप्रदेश १ को राजधानी धरानमा उपयुक्त हुने तर्कका साथ सरकार समक्ष मागदावी प्रस्तुतगर्दै धरानलाई प्रदेश १ को राजधानी बनाउँ अभियानको स्वतन्त्र समिति निर्माण गरी आन्दोलन गरिरहेको छ । यसै सन्दर्भमा पुष ४ गते धरानमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाहरुको भेलाले यस आन्दोलन प्रति एक्यवद्धता जनाउँदै बुधवारका दिन भानुचौकमा हुने वृहत जनप्रदर्शनमा सहभागीता जनाउने निर्णय गरेको छ ।

भेलामा सहभागी संस्थाहरुमा सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसार्यटी, धरान जेसिज, किरात राई यायोखा, किरात याक्थुङ चुम्लुङ, नेपाल मगर संघ, नेपाल आदिवासी जनाजाती समन्यवन समिति, नेवार एकता समाज, ब्राह्मण समाज, नेपाल पत्रकार महासंघ, नेपाल नागरिक समाज, नेपाल नागरिक अनुगमन तथा सरोकार मञ्च, धरान स्वतन्त्र समाज, भू.पू. गोरखा संघ, नेपाल राष्ट्रिय संयुक्त निवृत कर्मचारी संघ, यातायात मजदुर संघ संगठन, ख्रीष्टियन समाज, महिला संजाल, भुजेल सेवा समाज, प्याब्सन, एनप्यापसन, मारवडी समाज, महिला मारवडी समाज, सेवक अभियान, राष्ट्रिय खेलकुद परिषद्, नेपाल प्राध्यापक संघ संठन, नेपाल शिक्षक संघसंठन, कर्मचार संघसंगठन, नेपाल स्काण्उट, सिङ्सा भोटिया समाज, तामाङ घेदुङ संघ, होटल व्यवसायी संघ, ट्रक व्यवसी संघ, ताप्लेजुङ सराकार समाज, खोटाङ सरोकार समाज, कोशी बस व्यवसायी संघ, पूर्वञ्चल बस व्यवसायी संघ, सप्तकोशी वस व्यवसायी संघ, नेपाल बसोबास वस्ती संरक्षण समाज, चौविसे समाज, तुमु छोज धीं, नेपाल उत्पीडित समाज, सामुदायिक बन उपभोक्ता समितिहरु रहेका छन् ।

यस्ते श्यामचौक सेवा समाज, मखमली आमा समूह, निराजन वस्ती समाज, त्रिवेणी आमा समुह , अमर सेवा समाज, धरान फुटवल क्लव, रेडिमेट कपडा व्यवसायी संघ, हार्डवयर एसोसियसन, सुनचाँदी व्यवसायी संघ, जानुकी टोल सुधार समिति, शिखर युवा समाज, गणेशचौक युवा क्लव, गैरी गाउँ युवा, बराह ज्वरी इन्डष्ट्रिज, खस क्षेत्री एकता समाज, सामुदायीक प्रहरी सेवा केन्द, फूलबारी आमा, पारा लिगल, क्रिपा सामुदायिक समाज, पूर्वाञ्चल इसाइ समाज, श्री विश्वकर्मा कल्याण सेवा, कृषी उपज बजार, परियार सेवा समाज, ट्याम्के युवा क्लव, झिँगु समाज, नेवा देव देवु, स्ववियु महेन्द्र बुहमुखी समाज, हत्तिसार क्याम्पस, पूर्वाञ्चल इंजीनियरिंग क्याम्पस रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *