दलहरुबीचको खिचातानीले अन्तिम मतपरिणाम बुझाउन सकिएनः प्रमुख आयुक्त


“
पुस ४, खोटाङ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरुबीचमा सहमति हुनुको विकल्प नभएको बताएका छन्। निर्वाचनमा खटिएका कर्मचारीलाई धन्यवाद दिन मंगलबार खोटाङको दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले दलहरुका बीचको खिचातानीले अन्तिम मतपरिणाम बुझाउन नसकएिको बताए।
यादवले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विश्वकै नमूना निर्वाचन भएको दावी गरे। नमूना निर्वाचन सम्पन्न गरेपनि दलहरु बीचमा सहमति नहुँदा मत परिणाम सार्वजनिक गर्न नसकिएको बताए।
प्रमुख आयुक्त यादवल भने,‘अन्तिम मत परिणाम बुझाउनलाई केही कानुनी समस्या छन्, त्यसले गर्दा बुझाउन सकिएको छैन।’, उनले ठूलाठूला समस्या पनि सहमतिबाटै हल गरिएको भन्दै आफू छिट्टै सहमति हुनेमा आशावादी रहेको बताए।
उनले नयाँ संविधानको कार्यान्यनका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु र अन्तराष्ट्रिय समूदायले यसको परिणामसालई स्वीकार्नु सुखद भएको बताए।
“
