एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हरायो

काठमाडौं, पुस ४ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।

खेलको ३५औं मिनेटमा गोल गर्दै स्वान्सी सिटीले सुरुआती अग्रता लिएको थियो । तर, त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो । जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ । १७ अंकसहित क्रिष्टल प्यालेस १४औं स्थानमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *