राष्ट्रियसभा गठनको विवाद विवादले नयाँ सरकार गठनमा ढिलाई

काठमाडौं, पुस ३ । प्रमुख तीन दलबीच राष्ट्रियसभा गठनमा कुरा नमिल्दा नयाँ सरकार निर्माणमा ढिलाई भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको विवादका कारण आम निर्वाचनपछि बन्ने नयाँ सरकारको गठनमा ढिलाई भएको हो । एमाले र माओवादी केन्द्र सम्मेलित वाम गठवन्धनले नयाँ सरकार निर्माण राष्ट्रियसभाले कुनै पनि अप्ठ्यारो नपार्ने बताएको छ ।

नेपाली कांग्रेसले भने राष्ट्रिय सभाको गठन बिना नयाँ सरकार निर्माणको बाटो नखुल्ने दाबी गर्दै आएको छ । वाम गठबन्धनमा रहेका दलहरुले बहुमतिय प्राणालीको आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने अडान लिएका छन्, भने नेपाली कांग्रेसले एकल संक्रमणिय प्रणालीका अधारमा राष्ट्रियसभा गठनको माग गरिरहेको छ ।

सरकारले राष्ट्रियसभा गठनको लागि राष्ट्रपती कार्यालयमा अध्यादेस पठाएको छ । तर दलहरुको विवाद कारण राष्ट्रपती कार्यालयले अध्यादेश जारी गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *