इस्टर्न रिजनको उपाधि नेपालको हातमा

२०७४ जेठ १५ गते

“पुस २, काठमाडौं । नेपाल यू–१६ राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाई पराजित गर्दै एसीसी यू–१६ इस्टर्न रिजन उपाधि जित्न सफल भएको छे । आइतबार भएको खेलमा नेपाली टोलीले सिंगापुरलाई ७१ रनले पराजित गर्न सफल भएको थियो ।
नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोड्न सफल भएको थियो ।
खेलमा नेपालका तर्फबाट विशाल केसीले ६३ रन जोड्न सफल भए भने नारायण जोशीले २३ बलमा अविजित ४६ रन जोड्न सफल भएका थिए ।
जोशीले रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । सोही बीचमा सिंगापुरले ३२ औं ओभरमा सबै बिकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सकेको थियो ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित