मन्त्रीज्यूको ‘हाइलक्स’को चार वटा टायर चोरी गर्ने व्यक्ति को होलान् ?

काठमाडौं,पुस २ । मन्त्रीको क्वार्टर नजिकै रहेको पार्किङ स्थलबाट टोयटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएपछि सिंहदरबारमा हल्लीखल्ली मच्चिएको छ । कस्ले टायर चोर्यो ? हिजो राति घटेको यो घट्ना बल्ल बाहिर थाहा हुन आएको छ ।

 

हिजो राति स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा. १ झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै टायर चोरी भएको प्रहरीले घटनाको छानविन पछि बताएको छ । राति नै चोरी गरिएको गाडीको चारवटा टायर ललितपुरको एक सर्भिस सेन्टरमा भेटिएको प्रहरीले बताएको छ ।

यसरी सिंहदरबारभित्रै पसेर चार वटै टायर चोरी गर्ने व्यक्तिको मुटु कस्तो रहेछ ? बल्ल खुल्न आएको छ, त्यसरी सिंहदरबारभित्रको मन्त्रालयको प्राङ्गणभित्र टायर चोरी गर्ने अरु कोही नभएर गाडी चालक नै रहेको प्रहरीले बताएको छ । तर, उनले त्यो टायर कहाँ लगे भन्ने विषयमा छानविन भइरहेको तर उनकै संलग्नतामा टायर चोरी गराइएको प्रहरीले बताएको छ । हाल स्थानीय विकास मन्त्री विजय गच्छदार रहेका छन् । उक्त गाडी सुनसरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका विजय गच्छदारको रहेको बताइन्छ । तर, विस्तृत विवरण आउन बाँकी रहेको बताइन्छ ।

स्थानीय विकास वित्तिय सुधार आयोगका सवारी चालक चन्द्रबहादुर मोक्तानले उक्त टायर चोरी गराएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । तर, उक्त गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएपछि उनले यसबारे सोधखोज गर्दै गरेको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्क नजिक बारही टायर सर्भिस सेन्टरमा भेट्टाएको थियो । तर, यसरी फरार उनको खोजी भइरहेको छ । प्रहरीका अनुसार चोरी भएको एउटा टायरको मूल्य ५० हजार भन्दा बेसी पर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *