अब प्रविधियुक्त उधोगधन्दा स्थापना : लालबाबु

पुस १, विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापनामा जोड दिएका छन् । पण्डितले अब मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्नेमा जोड दिए ।

उद्योग संगठन मोरङद्वारा शुक्रबार यहाँ आयोजित प्रतिनिधि तथा प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सांसद पण्डितले विराटनगरको व्यापार वृद्धिका स्थानीय बजार बेलुकी १० बजेसम्म सञ्चालन गर्नका लागि सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, पूर्वसञ्चारमन्त्री तथा नेपाली काँग्रेस मोरङ क्षेत्र नंं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य डा मीनेन्द्र रिजालले प्रदेश नं १ का सबै प्रदेश सदस्यको सहमतिमा विराटनगरलाई राजधानी बनाउनुपर्ने बताए ।

उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले यस क्षेत्रको विकासका लागि १७ बुँदे ज्ञापनपत्र नवनिर्वाचित सदस्यलाई बुझाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *