बिहेको खर्च बाढीपीडितलाई दिने उदाहरणीय जोडी

पुस १, अर्घाखाँची । न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए ।

दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरिएको छ जहाँ दुलहादुलहीका आफन्त, गाउँले र केही साथी मात्र थिए ।

दाइजो प्रथाबाट भइरहेको विकृतिले समाजमा दिनहुँ चेलीले भोग्नुपरेको समस्याले गर्दा दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो विवाह गरिएको बेहुली शान्ताको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *