त्रिकोणात्मक ह्वीलचियर प्रतिस्पर्धा कस्ले जित्ला ?

काठमाडौँ, मङ्सिर २९ । राजधानीमा जारी त्रिकोणात्मक ह्वीलचियर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेश बिच प्रतिस्पर्धा हुने भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा शुक्रवार भएका खेलमा नेपालले भारतलाई ६५ रनले हराउँदै फाइनलमा स्थान बनायो भने बिहीबारको खेलमा नेपालसँग पराजित भएको बङ्गलादेशले पनि भारतलाई ६ विकेटले पराजित ग¥यो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा सात विकेट गुमाउदै एक सय ६२ रन बनायो । उसका लागि सौरव मलिकले ६२ तथा ललित पाठकले ३७ रन बनाए । यस्तै रमेश सर्तापीले १६ र कम्लाकर कारालीले १५ रन जोडे । जवाफमा बङ्गलादेशले १७ ओभर एक बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा ग¥यो । बङ्गलादेशको जितमा मोहम्मद मोहसीनले अविजीत ४३ रन बनाए भने मोहम्मद मिथुले २५ रनको योगदान गरे ।

अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा झारिएको खेलमा चार विकेट गुमाउदै एक सय ४१ रन बनायो । नेपालका लागि नवीन राईले अविजित ५० रन बनाए भने विपिन पौडेलले २५ र राजु गुरुङले २३ रन बनाए । जवाफमा भारत १४ ओभरमा सात विकेट गुमाउँदा ८६ रनमा रोकियो । उसका लागि सौरव मलिकले २५ रन बनाउदा अरू खेलाडीले खासै राम्रो खेल्न सकेनन् । नेपालका लागि यमबहादुर श्रेष्ठ र विष्णु कटुवालले दुई दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *