जिल्ला हुलाक कार्यलय धरानद्धारा अवकास प्राप्त कर्मचारीको बिदाई

भरतराज शर्मा (गोपाल)

धरान,मंसिर २९ । बिभिन्न आरोह अबरोहकाबिच ३४ बर्ष सम्म नेपाल सरकारको सुचना तथा संञ्चार मन्त्रालय अन्र्तगतको बिभिन्न जिल्ला हुलाक कार्यलयमा रही सेवा प्रवाह गरेका एक जना कर्मचारीलाई जिल्ला हुलाक कार्यालय धरानले बिदाई गरेको छ ।

शुक्रबार सुनसरी जिल्ला हुलाक कार्यलय धरानले कार्यलय परिसरमै विदाई कार्यक्रम आयोजना गर्दै हलकरा पदमा कार्यरत्त कर्मचारी गोबिन्द कुमार कार्कीलाई बिदाई गरेका हुन् ।

 

कार्कीलाई जिल्ला हुलाक कार्यलय धरानका कार्यकारी अधिकृत राज कुमार सुवेदी तथा कार्यलयका नायव सुब्बा रमेश घिमिरेले अवकास प्राप्त पत्र तथा मायाको चिनो स्वरुप फुलमाला र करुवा प्रदान गरी बिदाई गरिएको थियो । सोही कार्यक्रममा आफना मन्त्वय राख्दै जिल्ला हुलाक कार्यालय धरानका अधिकृत सुवेदीले आफु संगसंगै करिब ३ बर्ष बसी कार्य निर्वाह गरेका गोबिन्द कुमार कार्की जस्ता कर्मचारी छुटीएर जानुपर्दा दुख लागेपनि कार्कीले आफना जिम्मेवारी कार्यकुशलता पुर्वक पुरा गरेकोमा प्रशंसा गरेका थिए ।

 

अधिकृत सुवेदीले जुनसुकै सरकारी कार्यलयका कर्मचारीहरुले समय सिमा समाप्त भएपछि एक न एक दिन अवकास प्राप्त गर्नेपर्ने प्रावधान भएकोले कार्कीको सेवा निवृत्त जीवन फलोस फुलोस भन्ने कामना समेत गरेका थिए । साथै सुवेदीले आगामी दिनमा पनि आफु रहेपनि नरहेपनि हुलाक जस्ता हरेक सरकारी कार्यलयले कार्की जस्ता कर्मचारी पाईराखोस भन्ने कामाना गरे ।

कार्की २०४१ साल पुष ७ गते हुलाक सेवाको हलकारा पदमा नियुक्ति भई देशका बिभिन्न स्थान झापाको गौरीगंज,काकडभिटटा छोटी हुलाक,भोजपुरको तिवारी भन्जयाङ्ग, भोजपुरकै प्याउली हुलाक, झापाको दमक हुलाक तथा सुनसरीको धरान हुलाक कार्यलयमा सेवा दिदै आएका थिए । भावुकताका बिच चलेको सो बिदाई कार्यक्रममा कार्यलयका सम्पुर्ण कर्मचारीहरुले अबिर माला लगाई कार्कीको कामको प्रसंशा समेत गरे । सोही बिदाई कार्यक्रममा कार्कीले आफु जहा रहेपनि आफुले कर्मथलो बनाएका कार्यलय तथा आफना बिभिन्न सहपाठीहरुलाई सम्झी नै रहने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *