कास्कीमा काँग्रेस र बामगठबन्धन बाहेकका दलहरुको धरौंटी जफत

मंसिर २८, पोखरा । काँग्रेस र बाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उमेदवार बाहेक अन्य पार्टीका उमेदवार हरुको कास्कीमा धरौटी जफत भएको छ। निर्वाचनमा काँग्रस र गठबन्धनका उमेदवारले मात्र तोकिए अनुसारका खसेको मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका हुन् ।

अन्य पार्टीका उमेदवारहरुले कानुनले ब्यवस्था गरे अनुसारको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरुको धरौटी जफत भएको हो। उमेदवार बन्नकोलागि प्रतिनिधि सभामा १० हजार र प्रदेश सभामा ५ हजार रुपैयाँका दरले धरौटी राख्नुपर्ने कानुनी ब्यवस्था छ। धरौटी रकम निर्वाचन परिणाम घोषणा भएको ९० दिन भित्र फिर्ता लिनुपर्ने ब्यवस्था रहेको निर्वाचन कार्यलयले जनाएको छ।

कास्कीमा प्रतिनिधि सभाका लागि ३ निर्वाचन क्षेत्रमा ३७ जनाले उम्मेदवारी दिएका थिए भने प्रदेश सभाको ६ निर्वाचन क्षेत्रमा ६४ जनाको उम्मेदवारी परेको थियो । कास्कीबाट १७ राजनैतिक पार्टीहरुले प्रतिनिधि तथा प्रदेश सभामा कुल १ सय १ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यमा ६९ हजार ९८ मत खसेको थियो। त्यस मध्ये ६७ हजार ४ सय ८६ मत सदर भएको थियो । १ हजार ६ सय १२ मत बदर भएका थिए। ९६ हजार ८४ मतदाता रहेको कास्की क्षेत्र नम्बर १ मा १ स्वतन्त्रसहित १३ पार्टीका उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त क्षेत्रमा तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालका उमेदवारले ७ सय ८६ मत पाएका थिए।

क्षेत्र नम्बर १को प्रदेश सभा तर्फको ‘क’ मा ३६ हजार ९ सय २ मत खसेकोमा ३६ हजार २ सय ७० मत सदर भएको थियो । ६ सय ३२ मत बरद भएको थियो। ५० हजार २ सय ८९ मतदाता रहेको क्षेत्रमा १२ दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।यस क्षेत्रमा तेस्रोे स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका देउबहादुर गुरुङले ६ सय ९७ मत पाएका थिए । प्रदेश सभा २ मा ३२ हजार १ सय ८५ मत खसेकोमा ३१ हजार ५ सय २४ मत सदर भएको थियो । ४५ हजार ९ सय ९५ मत दाता रहेको त्यस निर्वाचन क्षेत्रमा ११ वटा पार्टीका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । संघीय समाजवादी फोरम नेपालका उमेदवारले ४ सय ७ मत पाएरका थिए।

प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा ४८ हजार ४ सय ४९ मत सदर भएको थियो भने हजार ४ सय ६४ मत भने बदर भएको थियो। यस क्षेत्रमा ७० हजार ५ सय ५१ मतदाता रहेका थिए। त्यस क्षेत्रमा स्वतन्त्र १ समेत १३ दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *