पैसा लिएर प्रश्नपत्र आउट गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड र आगजनी


“
मंसिर २८, मोरङ । परीक्षा हुनु अगावै प्रश्नपत्र आउट गरेको भन्दै विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनमा तोडफोड र आगजनी गरेका छन् ।
मोरङको सुन्दरहरैंचा स्थित गोठगाउँमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा बुधबार भएको एग्रिकलचर सेकेन्ड सेमिस्टारको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै विश्वविद्यालयले केही निजी विद्यालयका विद्यार्थीलाई बेचेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख तथा डिनको कार्यकक्ष तोडफेड गरेका हुन् ।
त्यसक्रममा आक्रोशित विद्यार्थीले डिनको कुर्सीसमेत आगो लगाइदिएका छन । बिहीबार बिहान ६ बजे नै विश्वविद्यालय प्रवेश गरेका विद्यार्थी नाराबाजी गर्दै आगजनी र तोडफोडमा उत्रिएका हुन् । क्याम्पस प्रमुखलाई प्रश्नपत्र आउट भएको बारे जानकारी हुँदाहुँदै पनि क्याम्पसले छानबिन गर्न समेत ध्यान नदिएको तथा निजी क्याम्पसले बनाएको प्रश्नपत्र भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको राजीनामा राजीनामासमेत गरेका थिए । त्यसक्रममा उनीहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न पनि क्याम्पस प्रशासनलाई चेतवानी दिएका छन् ।
विद्यार्थीको तोडफोडबाट प्रशासनिक भवनमा क्षति पुगेको छ । मेट्रोलोजीको प्रश्नपत्र आउट गरेको विद्यार्थी अनुप चापाईंले बताए । मोडल प्रश्नपत्रका नाममा केही दिनअघि नै पैसा लिएर क्याम्पसले विद्यार्थीलाई प्रश्नत्र चुहाएको उनको आरोप छ ।
निजी कलेजले प्रश्नपत्र बनाएको विद्यार्थी अविचल पौडेलले बताए । यता, विश्वविद्यालयका एग्रिकल्चरतर्फका प्रमुख अजयकुमार साहले प्रश्नपत्र आउट भएको स्वीकारेका छन् । उनले भने, ‘प्रश्नपत्र आउट भएको हो, हामीले छानबिन समिति बनाएर छानबिन गर्छौं भनेका थियौं । तर, विद्यार्थीले तोडफोड गरिहाले ।’
प्रश्नपत्र आउट भएपछि पूर्वाचल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगर जान विद्यार्थीले गाडी माग गरे पनि आफूहरूले त्यो दिन नसकेपछि विद्यार्थीले तोडफोड गरेको शाहको भनाइ छ ।
“
