किशोरी टिममा तीन खेलाडी थप
२०७४ जेठ १५ गते

“
मंसिर २७, काठमाडौं । १५ बर्ष मुनिको साफ च्याम्पियनसिपमा सहभागी हुने किशोरी टिममा ३ जना खेलाडी थप भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सुस्मा तामाङ, रोश्नी धिमाल र झरना नगरकोटीलाई टिममा थपेको हो ।
यो टोली १५ बर्षमुनिको साफ च्याम्पियनसिप खेल्न पर्सी बंगलादेशको ढाका जादैछ ।
प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बंगलादेशको सामना गर्ने छ भने सोहि दिन हुने अर्को खेलमा भारत र भुटान भिड्दैछन् । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश सहभागी हुनेछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








