एकाएक अमेरिकाले नेपालीहरु प्रति गर्यो यस्तो निर्णय

अमेरिका – अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ ।

हालैको एक मुद्धामा अमेरिकी पुनरावेदन अदालत, ‘युनाइटेड स्टेटस् कोर्ट अफ अपिल्स फर द सेकेण्ड सर्किट’ ले नेपालको राजनीतिक परिदृश्य सकारात्मक बन्दै गरेको र आवेदकले उल्लेख गरे जस्तो भयावह स्थिति नरहेको स्पष्ट पारेको छ ।
विशेषत, राजनीतिक शरण (असाइलम) सम्बन्धी मुद्वाको अन्तिम छिनोफानो पुनरावेदन अदालतले गर्ने गर्दछ । जुन फैसला, नजिरको रुपमा स्थापित हुन्छ ।

थापा थरका एक नेपाली नागरिकको मुद्दामा अमेरिकी पुनरावेदनको सो निर्णयलाई सार्वजनिक गरिएको छ, जसले नेपाली नागरिक सम्बन्धित आगामी असाइलम मुद्दामा नजिरको काम गर्न सक्ने न्युयोर्कस्थित एक नेपालीमूलका कानुन व्यवसायीले बताए । उनले भने, ‘असाइलम मुद्दा पुग्ने, सबैभन्दा माथिल्लो पुनरावेदन अदालतको निर्णय, जहिलेपनि नजिर बन्ने गर्छ । अरु मुद्दाहरुमा पनि सोहि फैसलाको भावले प्रभावित पार्न सक्छ ।’

विशेषत यसले अमेरिकामा असाइलम सम्बन्धी नेपाली आवेदकहरु प्रभावित हुनेसक्ने देखिएको छ । पछिल्लो समयमा महिनौं लगाएर स्थलमार्ग मार्फत अमेरिका भित्रिने नेपालीहरुले पनि असाइलम गर्दै आएका छन् ।
-इकान्तिपुर बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *