कांग्रेसका यी उम्मेदवार जो झिनो मतान्तरले पराजित भए

मंसिर २५, काठमाडाैं । कांग्रेसका धेरै उम्मेदवारहरू पाँचदेखि १० हजार मतले हार्दै गर्दा केही उम्मेदवारले भने थोरै मतको कारण पराजय व्यहोरेका छन् । काठमाडौं- ८ बाट नवीन्द्रराज जोशी, मोरङ- ६ बाट डा. शेखर कोइराला, मुस्ताङका रोमी गौचन थकाली, मनाङका टेकबहादुर गुरुङ र कपिलवस्तु- १ का दीपकुमार उपाध्‍यायले एक हजार भन्दा कम मतले पराजित भए ।

कसले कति मतले हारे ?
मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ एमालेका पोल्देन छोपाङ गुरुङसँग २७९ मतले पराजित भए । एमालेका पोल्देनछोपाङ गुरुङले दुई हजार ३०० र टेकबहादुरले दुई हजार १२३ मत ल्याए । मुस्ताङमा कांग्रेसका रोमी गौचन थकाली ३६३ मतले पराजित भए । एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले तीन हजार ५४४ मत ल्याउँदा गौचनले तीन १८४ मत प्राप्त गरे । मोरङ- ६ का उम्मेदवार डा. शेखर कोइराला ६७५ मतले पराजित भए ।

एमाले उम्मेदवार लालबाबु पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत मात्र प्राप्त गरेका छन त्यस्तै, काठमाडौं- ८ का उम्मेदवार नवीन्द्रराज जोशी ४४४ मतान्तरले पराजित भए । उनले १२ हजार ९५३ मत प्राप्‍त गर्दा विजयी भएका एमाले उम्मेदवार जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गरे । कपिलवस्तुमा दीपकुमार उपाध्यायले विजेता उम्मेदवारको तुलनामा ९४६ मत कम ल्याए । उनले २८ हजार ८५३ मत प्राप्त गर्दा विजेता चक्रपाणि खनालले २९ हजार ७९९ मत प्राप्‍त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *