मन्त्री भर्सेज लेडी : गोपालमानलाई पद्माले देखाइन् पावर !

काठमाडौं,मंसिर २६। प्रतिनिधि सभातर्फ अब चार क्षेत्रको मात्र मत परिणम आउन बाँकी रहेको छ ।

स्याङजा क्षेत्र नम्बर १ र २, सुनसरी–३ र कैलाली–२ को मात्र पत परिणाम सार्वजनिक हुन बाँकी रहेको छ । ति सबै स्थानमा बाम गठबन्धनको अग्रता रहेको छ ।

हालसम्मको मत परिणामअनुसार स्याङ्जा क्षेत्र न.२ मा काँग्रेसका उपप्रधान तथा शिक्षा मन्त्री गोपामान श्रेष्ठ बाम गठबन्धन एमालेकी पद्मा अर्यालभन्दा ४२०२ मतले पछाडि रहेका छन् । अर्यालले २४,५३० मत प्राप्त गर्दा श्रेष्ठ २०,३२८ मात्र प्राप्त गर्न सफल भएका छन् । यता, स्याङ्जा क्षेत्र न १ प्रतिनिधिसभा सदस्य मतगणनामा एमालेका नारायण मरासिनिले ३२,३४८ र काँग्रेसका राजु थापाले २३,४५३ मत प्राप्त गर्न सफल भएका छन् ।

उता, केही समयअघि देखि जारी मतगठनामा सुनसरी क्षेत्र नम्बर–३ मा बाम गठबन्ध एमालेकी भगवती चौधरीले ३० हजार ९१९ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ३० हजार ७५४ मत ल्याउँदै चौधरीलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *