भगवती र गच्छदारको मतअन्तर बढ्यो, भगवती ६५५ मतले अगाडी

२०७४ जेठ १५ गते

“
मङि्सर २६, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं ३ को स्थगित मतगणना सुरु भएको छ । निर्वाचन आयोगले मतगणनामा कुनैपनि कानुनी अवरोध नभएको बताएपछि मतगणना सुरु भएको हो । यसअघि बढि मतपत्र भेटिएपछि विवाद बढेसँगै सोमबार बिहानबाट मतगणना रोकिएको थियो ।
सुनसरी ३ मा एमाले नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारको प्रतिस्पर्धा रहेको छ ।
पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ८२६ र गच्छदारले भगवतीभन्दा ६५५ मत कम अर्थात् २९ हजार २७१ मत प्राप्त गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित