अत्यधिक गर्मीका कारण सातजना बेहोस

धनगढी, असार १४ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की–चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गरेकी छन् । यसैगरी, टीकापुर नगरपालिका—५ की ९७ वर्षीया रंगा भण्डारीले मनिकापुर मतदान केन्द्रबाट मतदान गरिन् ।

जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहका साथ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रजिअ गोविन्दप्रसाद रिजालले बताए । मध्याह्न केही समय पानी परेपछि प्राप्त शीतलताबाट मतदाताले राहत महसुस गरेका छन् ।मध्याह्न सम्म ५० देखि ५५ प्रतिशतसम्म मतदान भएको सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतले बताएका छन् ।

लम्की–चुहा नगरपालिकाको कालिका मतदान केन्द्रमा मतदानका लागि लामबद्ध भएको अवस्थामा अत्यधिक गर्मीका कारण सातजना बेहोस भएकामा उपचारपछि उनीहरुले आफ्नो मताधिकार प्रयोग गरेको स्थानीय पत्रकार नवराज रावलले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *