फरार रहेका रेशमले प्रहरीकै सामू दोब्बर भन्दा बेसी मतले जितेर देखाए

धनगढी, २५ मंसिर । कैलाली निर्वाचन क्षेत्र–१ प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका डा. रणबहादुर रावल नौ हजार ४३४ मत प्राप्त गरी विजयी भएका छन् ।

 

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गरे । प्रदेशसभ‘क’तर्फ राजपा नेपालका कृष्णबहादुर चौधरी १२ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गरे ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा राजपाका रेशमलाल चौधरीले २३ हजार ६४४ मत प्राप्त गर्दा नेकपा(एमाले)की मदनकुमारी शाहले नौ हजार २६६ र नेपाली कांग्रेसकी ईश्वरी न्यौपनेले सात हजार ४५७ मत प्राप्त गरे ।

दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेर वारेसमार्फत उम्मेदवारी दिएका राजपाका चौधरीले जितिसके पनि औपचारीक घोषणा हुन बाँकी रहेको छ । चौधरीले आफूले कसैको पनि हत्या नगरेको भन्दै विजय हासिल गर्नुपूर्व बताएका छन्

निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणनामा भने एमालेका झपट रावलले १० हजार २७५ मत ल्याउँदा कांग्रेसका मोहनसिं राठौरले आठ हजार ३४३ मतसहित पछ्याइरहेका छन् । यस क्षेत्रको प्रदेशसभाको मतगणनामा वाम गठबन्धनका प्रत्याशीले अग्रता लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *