काभ्रेमा बाम गठबन्धनको छ वटा झण्डा फहरायो,‘क्लिन स्वीप’क्षेत्र घोषणा
“
काठमाडौं,मंसिर २५ । जताततै बामको लहर छाइरहदा काभ्रे पनि अछुतो रहन सकेन । त्यहाँ पनि प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेरदारले सानदार जित निकाल्दै ‘क्लिन स्वीप’ क्षेत्र घोषणा गरेका छन् । २ प्रतिनिधि सभा क्षेत्र र ४ प्रदेश सभा सदस्यमा वामगठबन्धनले जिजयको र्याली निकाल्दै काभ्रेलाई बाममय जिल्ला घोषित गरिएको छ ।
सोमबार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेरदार गंगाबहादुर तामाङले ४३ हजार ६ सय ३१ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्र्धी काग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन् । उनले लामालाई ४ हजार २६ को मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।
त्यस्तै,काभ्रे प्रतिनिधि सभा २– मा एमालेका गोकुल बास्कोटाले १७ हजार ८ सय ४८ मत अन्तरमा विजयी भएका छन् । कुल मतको ५४ हजार ४ सय २७ मत प्राप्त गरि बास्कोटा बिजयको माला पहिरन सफल भए । उनका प्रतिस्पर्धी काँग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरे ।
प्रदेशसभामा चुनिए युवा विद्यार्थी
काभ्रेको प्रदेशसभा सदस्यका ४ वटै सिटमा युवा विद्यार्थी निर्वाचित भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ ‘क’ मा अनेरास्ववियू क्रान्तिकारीका पूर्व महासचिव रत्न ढकालले नेपाली काग्रेसका चन्द्रबहादुर लामालाइ पराजित गरेका छन् । ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरि विजयि भएका हुन् भने उनका निकटम प्रतिस्पर्दी लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरे । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा (ख०मा एमाले सम्बद्ध युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामाले काग्रेसका गणेश लामालाई पराजित गरे ।
चन्द्रले २४ हजार ४ सय ४७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी गणेशले २० हजार २ सय ७० मत प्राप्त गरे । चर्चित डन गणेश र चन्द्र विचको सुरुवाती प्रतिस्पर्धा रोचक बनेको थियो ।
प्रतिनिधिसभा २ अन्र्तगत प्रदेशसभा ‘क’ मा वामगठबन्धका उम्मेरदार अनेरास्ववियुका पूर्व उपाध्यक्ष लक्ष्मण लम्सालले काग्रेसका सुन्दरमणी आचार्यलाई ११ हजार ३२ मत अन्तरले पराजित गरे । लम्सालले २७ हजार ६ सय २१ मत प्राप्त गर्दा, आचार्यले १६ हजार ५ सय ८९ मत पाए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा एमाले युवा नेता बसुन्धार हुमागाइले २८ हजार ६ सय ७३ मत प्राप्त गरि काग्रेसका कन्चनचन्द्र वादे श्रेष्ठलाइ ६ हजार ९ सय २० मत अन्तरले पराजित गरे । वादेले २१ हजार ७ सय ५३ मत पाएका थिए । वादे पूर्व उद्योग राज्यमन्त्री समेत हुन् ।
“