नवलपरासी–२ को ताजा मत परिणाम आयो : काँग्रेसका देवेन्द्रलाई घनश्यामले पछ्याउन सकेनन्

नवलपरासी, मंसिर २५ । नवलपरासी पश्चिम –२ बाट नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

कँडेलले वाम गठबन्धनका उम्मेदवार माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी फराकिलो मतान्तरले पराजित गर्दै जित सुनिश्चित गरेका हुन् । कँडेलले ३४ हजार १३० पाउँदाअहिरले २३ हजार ८९८ मत पाए ।

यस्तै,प्रदेशसभातर्फ बाम गठबन्धन (एमाले) र नेपाली कांग्रेसले एक–एक सिट जित्न सफल भएका छन् भने प्रदेशसभा ‘क’मा एमालेका बैजनाथ चौधरी (थारु) २० हजार ९०७ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणनिधी तिवारीले १७ हजार ११६ मत पाए ।

प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका वैजनाथ कलवार १४ हजार ५१५ मतसहित निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरीले १० हजार ४३६ मत पाएका छन् ।

नवलपरासी पश्चिम क्षेत्रनम्बर १ मा भने एमाले समर्थित स्वतन्त्र उम्मेदवार हृदयेश त्रिपाठी प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । राजपा परित्याग गरेर एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका उनी ३८ हजार ५९२ मतसहित निर्वाचित भएका हुन् ।

त्रिपाठीको निकटतम प्रतिस्पर्धी कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५९१ मत पाए ।

प्रदेशसभाका दुबै सिटमा एमाले उम्मेदवार विजयी भएका छन् । ‘क’ मा दिपेन्द्र कुमार अधिकारी र ‘ख’मा अजय शाही विजयी भएका हुन् ।अधिकारीले २० हजार ५०६ र शाहीले १९ हजार ३३३ मत पाए । अधिकारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम खनालले १८ हजार ५०२ र शाहीको निकटतम प्रतिस्पर्धी कांग्रेसकै मुकुल कुमार आचार्यले १२ हजार ६०३ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *