सल्यानमा वाम गठबन्धनको क्लिनस्विप, मतान्तर पनि भारी

मंसिर २५ , काठमाडौं । सल्यानमा सबै सिटमा बाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले बिजयी भएका छन् । प्रतिनिधि सभामा टेक बहादुर बस्नेत र प्रदेश सभामा गुलाब जंग शाह र प्रकास ज्वाला बिजयी भएका हुन् ।

एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य टेक बहादुर बस्नेत ११ हजार १ सय ३० मतान्तरले बिजयी भएका छन् । बस्नेतले ४० हजार ८ सय ९८ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् ।

बस्नेत यस अघि लगातार २ चोटि निर्वाचित भइसकेका छन् । उनि २०६४ र २०७० सालमा सल्यान क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य गुलाव जंग शाह प्रदेश सभामा सल्यान क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका एकराज डिसीलाई ९ हजार ४६ मतान्तरले पराजित गर्दै शाह विजयी भएका हुन् ।
शाहले १९ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् भने डिसीको मत १० हजार ६ सय १२ मत रहेको छ ।
शाह पहिलो चोटि संसद बन्दै छन् ।

तेसै गरि नेकपा एमालेका पोलिटव्युरो सदस्य प्रकास ज्वाला प्रदेश सभामा सल्यान क्षेत्र नम्बर दुई बाट ८ हजार २ सय ६ मतान्तरले निर्वाचित भएका छन् । ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता डिल्ली रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गरेका छन् ।

ज्वाला यस अघि सल्यान बाट दुई चोटि निर्वाचित भईसकेका छन् । २०५६ सालमा सल्यान क्षेत्र नम्वर १ र २०७० सालमा सल्यान क्षेत्र नम्वर २ बाट निर्वाचित भएका ज्वाला २०६४ सालको चुनावमा भने सल्यान क्षेत्र नम्वर १ बाट पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *