१० हजार बढी मतान्तरले कैलालीमा पूर्वमन्त्री भट्ट विजयी

मंसिर २५, कैलाली । माओवादी केन्द्रका नेता लेखराज भट्ट कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरेका हुन् । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् ।

कैलाली क्षेत्रनम्बर ३ मा पनि माओवादी केन्द्र विजयी भएको छ । माओवादीका गौरीशंकर चौधरी २४ हजार ८७९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *