धनुषा क्षेत्र नं १ (ख) मा माओवादी केन्द्रका मण्डल विजयी

जनकपुरधाम, २४ मंसिर । धनुषा क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रामचन्द्र मण्डल विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १३ हजार ४६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रिता यादवले नौ हजार ८६५ मत प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *