ओली भन्छन् : अब प्रदेशसभा बोलाउन ठुला-ठुला त्रिपाल खोज्नुपर्नेछ

मंसिर २४, काठमाडौँ । नेकपा एालेका अध्यक्ष केपी शर्माओलीले प्रदेश सभाको बैठक बस्न अघिल्लो सरकारले व्यवस्था गर्नुपर्ने भएपनि केही नगरेको बताएका छन् । निर्वाचनको प्ररम्भिक नतिजा बाम गठबन्धनको पक्षमा आउदैगर्दा एमाले अध्यक्ष ओलीले भने ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने त्यसका लागि ठुला ठुला त्रिपाल खोज्नुपर्नेछ । प्रदेशसभा बन्दा, मन्त्री मुख्यमन्त्री उनिहरुका निवास चाहिन्छ, ति काम अघिल्लो सरकारले गर्नुपर्ने भएपनि केही गरेको छैन ।’

ओलीले सञ्चारकर्मीसँग करा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेका प्रतिकृया दिएका छन् । उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए । उनले अब नमुना देश बनाउनतर्फ लाग्नुपर्ने बताए ।

‘नेपालको भविश्य र उन्नती निश्चत छ । विकास र सम्बृद्धिका चाहाना अव पुरा हुन्छन् । देशले सकारात्मक बाटो लिन्छ । अव सामाजिक सद्भाव र एकताको सुत्रमा बाँध्नुपर्छ अबको केही बर्षमा देश सम्बृद्ध बनाउन हामी गम्भिर, स्वच्छ र पारदर्शी हुनुपर्छ ।’

पेशा व्यवसाय, भुगोल र समुदायका हित र रक्षा र सम्बद्धर्न गर्ने जिम्मेवारी बाम गठबन्धनमा आएको भन्दै उनले बाम गठबन्धनमाथि देश बनाउने चुनौती थपिएको बताए । उनले निति कार्यक्रम र अग्रगामि सोचका साथ अघि बढ्नु पर्ने पनि बताए ।

आफूहरु प्रतिकुलतामा नआत्तिने र अनुकुलतामा नमातिने भन्दै नोपली समाजलाई विबिधतामा एकता भएको नमुना समाज र देश निर्माण गर्दै जनताका अधिकार सुनिश्चित गर्ने बताए । उनले जनताको विश्वास र देशको उन्नती यथार्थको प्रयोग गर्ने अवस्था आएको बताए । अब केन्द्र, संघीय र स्थानीय तहमा बामको सरकार बन्ने भन्दै जनताले गरेको विश्वासलाई काम गरेर देखाउनुपर्ने ओलीको भनाई छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *