पर्वतमा बामगठबन्धनको क्लिनस्वीप

मंसिर २४, पोखरा । पर्वतबाट प्रतिनिधीसभा सदस्य एक र प्रदेश सभा सदस्यमा दुई सहित ३ वटै सिट बामगठबन्धनले जीतेको छ। गठबन्धनबाट प्रतिनिधि सभासदस्यमा साझा उमेदवार बनेका एमालेका पदम गिरी ठूलो मतान्तरले बिजयी भएका छन्।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष समेत रहेका गिरीले कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेरका प्रभाबशाली नेता अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मतान्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।प्रतिनिधीसभा सदस्य पदमा निर्वािचत गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन भने जोशीले २६ हजार ८ सय १९ मत पाएका छन ।

यसैगरी प्रदेशसभा १ मा गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने पराजित गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन । गुरुङ्ग यो निर्वाचनमा पराजित भएपछि लगातार तीन पटक पराजित हुन पुगेका छन्। उनी २०४८ सालमा पर्वत क्षेत्र नं १ बाट पराजित भएका थिए भने २०७० मा पर्वत क्षेत्र नं २ बाट पनि पराजय भोगेका थिए ।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन। लम्सालले कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार ८२ मतान्तरले पछाडी पारेका छन् । लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने पराजित भएका तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वा्चित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *