सर्लाही २ मा महेन्द्र राय यादवले अग्रता बढाउदै

२०७४ जेठ १५ गते

“
सर्लाही, मंसिर २४ । सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार एवं राजपा नेपालका नेता महेन्द्र राय यादवले अग्रता बढाउँदै लानु भएको छ । उहाँले कांग्रेसका उम्मेदवारसँगको मतान्तर तीन हजार भन्दा बढी पुर्याउनुभएको हो । महेन्द्र राय यादवले ९ हजार ३ सय ६६ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी कांगे्रसका जंगीलाल रायले ६ हजार १७ मत प्राप्त गर्नु भएको छ ।
महेन्द्र राय यादवले मतगणना भएदेखि नै अग्रता लिनुभएको हो । बाम गठवन्धनका उम्मेदवार दिनेश राय यादवले २ हजार ३ सय ६६ मत ल्याउनुभएको भएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित