कास्कीबाट रवीन्द्रको ह्याट्रिक, मोरङ ५ मा मण्डल विजयी

मंसिर २३, काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् ।

अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए ।
उनले कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् । पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।

यता, मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । मण्डलल २२ हजार ९४५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याएका छन् ।

संघीय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत ल्याएका छन् । क्षेत्र नं। ५ को नतिजा घोषणा भएसँगै मोरङका ६ वटै क्षेत्रको प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न भएको छ । अहिले प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *