काठमाडौँ क्षेत्र नं ५ को मतगणना पुनः सुरु

२०७४ जेठ १५ गते

“
काठमाडौँ, २३ मङ्सिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मतगणना पुनः सुरु भएको छ ।
केही मतपत्रमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर नभेटिएपछि उत्पन्न विवादका कारण केही समयका लागि मतगणना स्थगित भएको थियो । दलीय प्रतिनिधिबीच भएको सहमतिपछि मतगणना पुनः सुरु भएको हो
प्राप्त पछिल्लो मतपरिणाम अनुसार, नेकपा (एमाले) का महासचिव समेत रहनुभएका वाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलले १९ हजार ७०४ मत प्राप्त गरी अग्रता कायम गरिएको छ भने नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत ८ हजार ७४९ मत प्राप्त गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित