प्रदेश सभामा राजमोले खाता खोल्यो, फराकिलो मत अन्तरले घर्ती विजयी

मंसिर २२, बाग्लुङ । बाग्लुङको क्षेत्र नं २ प्रदेश सभा ‘ख’ बाट राष्ट्रिय जनमोर्चा विजयी भएको छ । वाम गठबन्धनका तर्फकाट राजमोका उम्मेदवार टेकबहादुर घर्ती प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । घर्ती तीन हजार दुई सय ६० मतको फराकिलो मत अन्तरले विजयी भएका हुन् । घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका जित शेरचनले ८ हजार ६सय २४ मत पाएका छन्।

बाग्लुङमा नेकपा(एमाले), माओवादी केन्द्र र राजमोबीच चुनावी तालमेल छ । पहिलो चरण अन्तरगत निर्वाचन सम्पन्न भएको बाग्लुङ जिल्लामा बामगठबन्धनका उमेदवारहरुले फराकिलो अग्रता लिएका छन्।

दुई वटा प्रतिनिधि सभा सदस्य र चार वटा प्रदेश सभा सदस्य रहेको जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र नम्वर १ बाट एमालेका सुर्य प्रसाद पाठकले २३ हजार ४४ मत ल्याएका छन भने उनका प्रतिद्धन्दी काँग्रेसका चम्पादेवी खड्काले १४ हजार ९ सय ३४ मत ल्याएकी छन्। उनीहरु दुइबीच फराकीलो मत अन्तर देखिएको छ । दुई बीचमा करिव ८ हजारको मत अन्तर छ।,

त्यसैगरी क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट उमेदवार बनेका माओवादी केन्द्रका देवेन्द्र पौडेलले १८ हजार ५३ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका नरबहादुर पुनले (निरज) ले १२ हजार ७ सय ५० मत पाएका छन्।त्यसैगरी प्रदेश सभा तर्फ क्षेत्र नम्वर १ को क बाट एमालेका इन्द्रलाल सापकोटाले ८ हजार ६ सय ९८ मत ल्याएका छन्।उनका प्रतिद्धन्दी काँग्रेसका दिपेन्द्र थापा ५हजार ९७३ मत ल्याएका छन।

प्रदेश ख तर्फ जनमोर्चाका कृष्ण थापाले ९ हजार ५ सय ७७ मत पाएका छन् । उनका प्रतिद्धन्दी प्रकाश शर्मा पौडेलले ५ हजार ६ सय १३ मत प्राप्त गरेका छन्। त्यसैगरी प्रदेश सभा २ को क मा माओवादी केन्द्रमा चन्द्र बहादुर बुढामगरले ८ हजार ५ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका मन्जेस बम मल्ल ६हजार ८ सय ६० मत पाएका छन्।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *