ओखलढुङगामा रामहरि र यज्ञराजको रोचक भिडन्त ( हेर्नुहोस् मत परिणाम )


“
काठमाडौं, मंसिर २२ । पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभाको मत परिणाम सार्वजनिक भइरहँदा ओखलढुङ्गाको मत परिणाम निकै रौनक देखिएको छ ।
बाम गठबन्धनबाट प्रत्यक्ष उम्मेद्वार यज्ञराज सुनुवार र काँग्रेसका रामहरि खतिवडाको निकै रोचक प्रतिस्पर्धा भइरहेको छ । हालसम्म सुनुवारले १४,९८५ र खतिवडाले १४,६७६ मत प्राप्त गरेका छन् । दुवै क्षेत्र गरि कूल एक लाख २ हजार २६३ मतदाता रहेका छन् ।
तर, यता यज्ञराज सुनुवारले एक हजार सात सय बढी मतले खतिवडालाई पछि पारेको र अब मत गणना गर्न बाँकी तीन गाउँपालिकाबाट पनि आफूहरुले उल्लेख्य मात्रामा मत ल्याउने त्यहाँ रहेका एमाले पूर्व सांसद हर्कबोल राईले जानकारी गराए ।
उनका अनुसार आफूहरुले प्रतिनिधि र प्रदेश सभाका तीन वटै क्षेत्र जितिसकेको दाबी गरेका छन् । अब, क्षेत्र नम्बर १ का सिनामा, मोलुङ र खिजिदेम्बा गाउँपालिका गरि तीन स्थानको मात्रै मत परिणाम आउन बाँकी रहेको बताउँदै उनले तीनै स्थानमा आफूहरुको जित सुनिश्चित भइसकेको बताए ।
हालसम्म प्राप्त मतको विवरण हेर्नुहोस् यस्तो रहेको छ :
ओखलढुङ्गा क्षेत्र नम्बर– २मा खसेको कूल मत : ३३ हजार २ सय ७
कूल बदर मत : २ हजार २ सय ५६
बाम गठबन्धनको मत: १४,९८५
काँग्रेसको मत : १४,६७६
मशाल ३१३
हसिया तारा ५०४
गिलास ५०
आँखा १२५
भाले ५३
मुठ्ठी ४१
हवाईजहाज ९
प्रदेशसभा १ ‘क’ तर्फ
हालसम्म मत गणना भएको कुल मत : २२ हजार २ सय ९३
बाम गठबन्धन : १३,२०६
काँग्रेस : ७,९९०
आँखा १२६
मशाल २०२
मुठ्ठी ६३
गिलास १३
भाले २३
कमल थापा पनि कस्सिदै
यससँगै यता, लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेद्वार कमल थापाले एक हजार ३३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले प्राप्त गरेका छन् । त्यसैगरी सोही क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गरेका छन् भने काँग्रेसकी महालक्ष्मी उपाध्यायाले २७० मतका साथ पछ्याइरहेकी छिन् ।
“
