मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ, आयुक्त पौडेल

काठमाडौं,मंसिर २२।  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रूपमा मतगणना भइरहेको बताएका छन् ।

मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुग्नुभएका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतगणना देशरभर नै शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । “तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना धमाधम भइरहेको छ,”।

आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पारे। “मतगणनामा ढिला भयो भने विशेष व्यवस्था गर्नेछौँ,” ।

राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ । प्रत्येक क्षेत्रको दुई÷दुई स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =