ओखलढुङगामा यज्ञराजलाई पछ्याउँदै रामहरि

ओखलढुंगा मंसिर २२ । पहिलो चरणको प्रतिनिधिसभाो तथा प्रदेश सभा निर्वाचनको मत गणना जारी रहँदा ओखलढुङगामा एमालेका यज्ञराज सुनुवारले कांग्रेसका रामहरी खतिवडालाई करिब एक हजार मतान्तरले पछि पार्दै अग्रता कायमै राखेका छन् ।

ओखलढुंगाका तीन गाउँपालिकाको मतगणना भइसक्दासम्म सुनुवार अघि रहेका छन् । उनले काँग्रेसका प्रतिस्पर्धी खतिवडासँग शुरुदेखि नै फराकिलो मतान्तरले अग्रता लिइरहेपनि खतिवडाले सुनकोशी गाउँपालिका गनिसक्दा सुनुवारसँगको मतान्तर घटाएका छन् ।

खतिवडाले चम्पादेवी र सुनकोशीको मत गणनासँगै मतान्तर घटाएका हुन् । हालसम्मको मत गणनाअनुसार सुनुवारले ११ हजार ५१ मत ल्याएका छन् भने खतिवडाले १० हजार ८६ मत ल्याएका छन् ।

उता, प्रदेश सभाको मतगणना ‘क’ बाट थालनी गरिएको छ । प्रदेश ‘क’ को चिसंखुगढी र सिद्धिचरण नगरपालिकाको मत गणना सकिँदा बाम गठबन्धनका अम्बिरबाबु गुरुङले १० हजार ९ सय ६१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका मित्रसेन दाहालको ६ हजार ३३ मत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *