गोरखासहित आठ जिल्लाको मतगणना अपडेट: डा.बाबुरामलाई नारायणकाजीले पछ्याउँदै, ८२ मत बदर


“
काठमाडौं, मङ्सिर २१ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट मतगणनाको बिवरणहरु प्राप्त एको छ ।
प्राप्त बिवरण अनुसार प्रारम्भिक गोरखासहित आठ जिल्लाको मतगणनाको अपडेट यस्तो रहेको छ :
लमजुङ : सुरुवाति २०० मत गणना गर्दा लोकतान्त्रिक गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार दिलवहादुर घर्ति ११२ मत , देव गुरुङ ७० , र १३ मत बदर भएका छन् ।
रुकुम पूर्व : प्रारम्भिक मतपरिणाम अनुसार ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् । यस्तै, नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।
जाजरकोट : प्रारम्भीक मतपरिणाम अनुसार वाम गठबन्धनका शक्ति बस्नेत ६१३, लोकतान्त्रिक गठबन्धनका
गोरखा क्षेत्र नम्बर–२ : गोरखा गोरखा क्षेत्र नम्बर–२ मा ७५२ मत गन्दा एक सय भन्दा बढी मतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अगाडी ८२ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी गराएका छन् । । बाम गठबन्धनबाट माओवादीका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठ एक सय मतले पछि रहेका छन् । ।
ओखलढुङगा : प्रतिनिधि सभाको प्रत्यक्षमा बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार अघि रहेका छन् । उनले सात सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेद्वार रामहरि खतिवडा दुई मतान्तरले पछि रहेका छन् । खतिवडाले पाँच सय मत प्राप्त गरेका छन् । करिब पाँच बजेदेखि सुरु भएको मत गणना निरन्तर चलिरहेको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ : बाम गठबन्धबाटका उम्मेद्वार अग्नि सापकोटा आफ्ना प्रतिस्पर्धी तथा काँग्रेस उम्मेद्वार मोहन बहादुृर बस्नेत भन्दा चार सय मतले अघि रहेका छन् । सापकोटाले ७३५ मत ल्याउँदा बस्नेतले ३३५ मत प्राप्त गरेका छन् ।
मुस्ताङ : मुस्ताङमा बाम गठबन्धनका उम्मेद्वार प्रेम तुलाचन प्रतिस्पर्धी रोमी गौचनसँग १७ मतले अघि रहेका छन् । तुलाचनले २७१ ल्याउँदा गौचनले २५४ मत प्राप्त गरेका छन् ।
जुम्ला :जुम्ला प्रदेश ‘ख’मा एमाले पदम रोकायले ३५३ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेद्वार भिमनिधी हमालले ४८ मत र नेमकिपाका गोर्खा बुढाले १३५ मत प्राप्त गरेको छ ।
“
