अर्घाखाँचीको एक केन्द्रमा तोडफोड

मंसिर २१, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मथुरा माविको (ख) केन्द्रमा तोडफोड भएको छ। केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा विवाद भएपछि तोडफोड भएको हो।

मतदाताले लिएको मतपत्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीको हस्ताक्षर नभएको पाएपछि आक्रोशित मतदाताले मतदान स्थलमा रहेका डेक्स बेन्च र सामाग्रीहरु तोडफोड गरेका हुन्। उनीहरुले मतपत्र पनि च्यातेका छन्।

तोडफोडपछि मतदान रोकिएको छ। मतदान पुन सुरु गर्न विवादको समाधान गर्नका लागि अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल र प्रजिअ खिमराज भुषाललगायतसँग छलफल जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *